दफा १५
पारिश्रमिक कट्टी गर्नमा प्रतिबन्ध
 (१) श्रमजीवी पत्रकारको पारिश्रमिक देहायको अवस्थामा बाहेक अरू अवस्थामा कट्टी गरिनेछैनः–
(क) लागेको जरिबाना कट्टी गर्नु परेमा,
(ख) गैर हाजिर बापत कट्टी गर्नु परेमा,
(ग) जानीजानी वा लापरवाही साथ काम गर्दा सञ्चार प्रतिष्ठानलाई पुग्न गएको नोक्सानी बापत कट्टी गर्नु परेमा,
(घ) पारिश्रमिकबाट कट्टी हुने गरी अघि दिएको पेश्की रकम कट्टी गर्नु परेमा,
(ङ) सरकारी अड्डा वा अदालतको आदेश बमोजिम तिर्नु बुझाउनु पर्ने कुनै रकम कट्टी गर्नु परेमा,
(च) प्रचलित कानून बमोजिम लाग्ने आय कर वा अन्य कुनै कर कट्टी गर्नु परेमा, वा
(छ) तोकिए बमोजिम कुनै रकम कट्टी गर्नु परेमा ।
(२) उपदफा (१) बमोजिम कट्टी हुने रकमको हद, कट्टी गरिने तरिका र अवधि तथा तत्सम्बन्धी अन्य कुरा तोकिए बमोजिम हुनेछ ।